विश्व वातावरण दिवस: पर्यावरणीय सीमारेखा सुरक्षा
nagariknews.nagariknetwork.com · Fri Jun 05 04:59:34 GMT 2026

‘ह्यासट्याग नाउ फर क्लाइमेट’ भन्ने अभियानका रूपमा यो वर्षको वातावरण दिवस–२०२६ राष्ट्रसंघले अजरबैजानबाट मनाउँदै छ। यसको आशय ‘अब जलवायु कार्यसम्पादन गरौं’ भन्ने हो। अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले गत वर्ष दिएको परामर्शदायी फैसलाअनुरूप राष्ट्रसंघले हालै पृथ्वीको तापमान १.५ डिग्री मुनि स्थिरीकरण गर्ने लक्ष्यअनुरूपका जलवायु न्यूनीकरण कार्यहरू सबै देशहरूको दायित्वभित्र परेको प्रस्ताव पनि अनुमोदन गर्यो। अब देशहरूले आआफ्नो कार्बन उत्सर्जन घटाउने कानुन बनाउनेछन् भन्ने आशा गर्न सकिन्छ।
सन् १९७२ बाट मनाउने गरिएको वातावरण दिवसमा पहिले–पहिले वायु प्रदूषण, जल प्रदूषण, रासायनिक विषाक्तताजस्ता क्रियाकलाप नगर्न समग्र मानव जातिलाई आह्वान गरिन्थ्यो भने अचेल पृथ्वीको तापमान वृद्धि रोकथाम गर्न र जलवायु जागरुकता बढाउन भनिएको छ। यसैले यस वर्षको नारामा ‘हाम्रो जलवायु भविष्य’ भनेर जोड दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)