गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए
ratopati.com
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद १० वर्ष जेल बसेर निस्केको खुलेको छ । सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली प्रहार गरेका थिए ।
उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको छ । उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)