यात्रु तान्ने र दुःख दिने १३ जना पक्राउ
ratopati.com · Sat Apr 04 06:38:46 GMT 2026

काठमाडौँ । काठमाडौँका विभिन्न बसपार्क र टिकट काउन्टरहरूमा सर्वसाधारण यात्रुलाई जबरजस्ती तानेर दुःख दिने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका बाहिर जाने यात्रुहरूलाई आफ्नो अनुकूलको सवारी साधनमा चढ्न बाध्य पार्ने, उनीहरूको झोला र सामान खोसाखोस गर्ने तथा अभद्र व्यवहार गर्ने गरेको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले यो कारबाही चलाएको हो।
विशेष गरी नयाँ बसपार्क र कलङ्की क्षेत्रमा टिकट बुकिङका नाममा बिचौलियाहरूले यात्रुलाई मानसिक र शारीरिक रूपमै हैरानी दिने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार विभिन्न स्थानबाट १३ जनालाई समातेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)