३० प्रतिशत ट्रान्सपोर्ट ईभीमा रिप्लेस गर्दा ५१ करोड लिटर पेट्रोल बचत हुने दाबी
aarthiknews.com

काठमाडौं । नेपालमा वार्षिक औसत २ अर्ब २२ करोड लिटर पेट्रोल र डिजेल खपत हुन्छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कुल इन्धन खपतको ८० प्रतिशत यातायात क्षेत्रमा खर्च हुन्छ भने बाँकी २० प्रतिशत निर्माणलगायत अन्य क्षेत्रमा खपत हुने गरेको छ।
प्राधिकरणका निर्देशक सागरमणि ज्ञवालीले एक कार्यक्रममा प्रस्तुत गरेको प्रेजेन्टेशनअनुसार नेपालमा यातायात तथा ढुवानी क्षेत्र (मोटरसाइकलदेखि ठूला ट्रकसम्म) का ३० प्रतिशत सवारीसाधनलाई विद्युतीय (ईभी) मा रूपान्तरण गर्न सके दैनिक १४ लाख लिटर इन्धन बचत हुने छ। उनका अनुसार यसबाट वार्षिक ५१ करोड १७ लाख लिटर इन्धन बचत हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)