जीडीपीको आकार र वार्षिक आर्थिक वृद्धिदर बागमतीको बढी, मधेस सबैभन्दा कमजोर
annapurnapost.com · Thu May 21 00:46:28 GMT 2026

काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ मा कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)को वार्षिक आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशमा र सबैभन्दा थोरै मधेस प्रदेशमा हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति जीडीपी उच्च बागमती र न्यून मधेस प्रदेशको नै रहेको छ।
राष्ट्रिय तथ्यांक कार्यलयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा जीडीपीको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको ५.४० प्रतिशत हुने अनुमान गरिएको हो। यो कुल वार्षिक वृद्धिदरभन्दा पनि बढी हो। चालु आर्थिक वर्षको जीडीपी करिब ६६ खर्ब रुपैयाँ र जीडीपीको उपभोक्ताको मूल्यमा वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान कार्यालयको छ। सबैभन्दा न्यून वार्षिक वृद्धिदर भने मधेस प्रदेशको १.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)