इथानोल खरिद प्रक्रियाका लागि सूचीकरणको आह्वान
gorkhapatraonline.com · Thu May 21 01:02:10 GMT 2026

कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने पेट्रोलमा मिसाउनयोग्य इथानोल राजपत्रमा उल्लेख भए अनुसार गुणस्तर र विधि अनुसार खरिद गर्ने मन्त्रालयले जनाएको छ । उत्पादन तथा आपूर्ति गर्न इच्छुुक उत्पादकले आयल निगममा निवेदन दर्ता गर्न सक्ने मन्त्रालयले सूचनामा जनाएको हो ।
मन्त्रालयको सूचना अनुसार इथानोल उत्पादनका लागि विभिन्न जैविक तथा कृषि स्रोतका कच्चा पदार्थ प्रयोग गर्न सकिने छ । जसमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेष, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न, सिमल तरुल (कास्साभा) तथा किण्वन (फर्मेन्टेसन) प्रक्रियामा आवश्यक मर्चा (यिस्ट) र अन्य रसायन समावेश छन् । यस्तै खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न, पिना, काठजन्य पतकर र अन्य आवश्यक रसायन रहेका छन् । मानिसले उपभोग गर्ने (खाद्यान्नका रूपमा प्रयोग हुने) अन्नलाई भने इथानोल बनाउन प्रयोग गर्न नपाइने आदेशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)