‘काजी र कजिनी’ को प्रेमकथा
gorkhapatraonline.com · Thu May 21 01:09:22 GMT 2026

नायिका केकी अधिकारी अभिनीत चलचित्र ‘काजी’ प्रदर्शनको तयारीमा छ । उहाँले राजधानीमा आयोजित एक कार्यक्रममा प्रेम र सम्बन्धको गहिराइ बोकेको चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउनुभयो । केकीले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारका रूपमा व्याख्या गरिएको धारणा व्यक्त गर्नुभयो । चलचित्र काजी र कजिनीको प्रेमकथा हो ।
उहाँका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ । उहाँले थप्नुभयो, “पात्र ‘कजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)