मोरक्कोको जितमा प्रभावशाली खेल देखाइरहेका डियाज
setopati.com · Sun Jul 05 06:27:00 GMT 2026
विश्व फुटबलमा अब मोरोक्कोलाई एउटा कमजोर टोली मान्ने गल्ती कसैले गर्दैन। २०२६ को फिफा विश्वकपको प्रि-क्वार्टरफाइनलमा क्यानडालाई ३-० को फराकिलो अन्तरले हराउँदै मोरोक्को फेरि एकपटक विश्वका उत्कृष्ट आठ टोलीभित्र पर्न सफल भएको छ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको यो जितसँगै मोरोक्को दुई फरक विश्वकप संस्करणमा (२०२२ र २०२६) क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरोक्कोसँग यसपटक एउटा यस्तो विशेष हतियार छ, जसले विपक्षीको जुनसुकै बलियो रक्षापङ्क्ति (डिफेन्स) तोड्न सक्छ। ती खेलाडी हुन्— ब्राहिम डियाज।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)