आइपिएलमा मुम्बईको अर्को हार, कोलकोताको प्लेअफको आशा जिवितै
barnanmedia.com · Thu May 21 01:13:06 GMT 2026
काठमाडौं । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १४८ रनको लक्ष्य पछाएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा मनिष पाण्डेले सर्बाधिक ४५ र रोभमन पावेलले ४० रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कोर्बिन बोचले ३ विकेट लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)