मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
ratopati.com · Sun Jul 05 06:36:41 GMT 2026

काठमाडौँ । बैंकर्सहरूले मौद्रिक नीतिमा कर्जा वर्गीकरण, प्रोभिजनिङ र लगानीका क्षेत्रमा नीतिगत लचकता अपनाउन सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला र र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष प्रचण्ड श्रेष्ठले यस्तो सुझाव दिएका हुन् ।
दुवै संस्थाका अध्यक्षहरूले वर्तमान आर्थिक शिथिलतालाई मध्यनजर गर्दै मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । संघका अध्यक्ष कोइरालाले कर्जा नोक्सानी व्यवस्थामा केही परिमार्जन आवश्यक रहेको बताए। हालको व्यवस्था अनुसार कर्जा भाखा नाघ्ने बित्तिकै छोटो अवधिमै ठुलो रकम प्रोभिजनिङ गर्नुपर्ने बाध्यताले ऋणी र बैंक दुवैलाई दबाब परेको उनको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)