डा. चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार : योग तथा प्राकृतिक चिकित्सा संघ
kalakarmi.com · Sun Jul 05 06:56:50 GMT 2026

काठमाडौं- नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । शनिवार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा.चेतना पौडेललाई अनावश्यक विवादमा तानेको समेत आरोप लगाएका छन् ।
९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए । विश्व भरी प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ । ‘पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाइमा अस्पष्टताले समस्या बढिरहेको छ,’ डा.बस्नेतले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)