राष्ट्रिय मेलमिलाप दिवस र बीपीको सम्झना
hamrakura.com · Thu Dec 30 00:00:00 GMT 2021
पुस १६ गते २०३३ साल, नेपाली काँग्रेस तथा नेपालको लोकतान्त्रिक आन्दोलनले कोल्टे फेरेको महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भ हो । आफूमाथि आठवटा खतरनाक मुद्दाका तरबार झुन्डिएको परिस्थितिलाई एकातिर पन्छाउँदै, जननायक बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह लगायत नेपाली कांग्रेसका मूर्धन्य नेताहरू आठवर्ष लामो भारत निर्वासन त्यागेर स्वदेश फर्केको दिन त फगत एउटा घटना भयो ।
त्यसपछिका दिनमा सुरु भएको लोकतान्त्रिक आन्दोलनकारी राजनीतिको तरङ्गले तत्कालीन पञ्चायत व्यवस्थामा असाधारण कम्पन सुरु गरेको दिन थियो त्यो । त्यसपछि पञ्चायत व्यवस्था प्रतिरक्षात्मक अवस्थामा पुग्न नेपाली काँग्रेसका राजनीतिक कदम एकपछि अर्को उपलब्धिमूलक हुनु नै पुस १६ प्रस्थान विन्दु भएको प्रमाण थियो । काँग्रेसको जीवनमा क्रान्ति, आन्दोलन र सत्ता सञ्चालन जति नै मेलमिलापको राजनीतिले पनि स्थान लिँदै आएको छ । उल्लेखनीय छ, मेलमिलापको राजनीति, लोकतन्त्रले जति निर्देशित छ, त्यत्तिकै राष्ट्रिय एकताको भावनाबाट पनि उत्प्रेरित रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)