वर्षे धान घट्दै, चैते धानमा आकर्षण
annapurnapost.com · Thu May 21 01:52:04 GMT 2026

टीकापुर : ‘क्लाइमेट चेन्ज रेजिलेन्स’का नाममा जलवायु परिवर्तनका नकारात्मक प्रभावबाट किसानलाई कसरी जोगाउने भनेर संसारभरि अनेक अनुसन्धान भइरहेका बेला कैलालीको सीमावर्ती भजनीका किसानले भने चुपचाप आफ्नो धान खेती प्रणालीलाई नै परिवर्तन गरिसकेका छन्।
विश्वका जलवायु वैज्ञानिकहरूले मौसम अनुकूलन वा जलवायु परिवर्तनको सामना गर्ने क्षमता बढाउने चर्चा गरिरहँदा राजधानी काठमाडौंदेखि झन्डै ६ सय किलोमिटर पश्चिम भजनीका किसानले विस्तारै वर्षे धान छोडेर चैते धानलाई आफ्नो मुख्य बाली बनाएका हुन्। बर्सेनि आउने बाढीका कारण वर्षायाममा जमिन बाँझै रहन थालेपछि एक दशक अघिदेखि भजनी नगरपालिका–८ का किसान जयराज ढुंगानाले चैते धान खेती सुरु गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)