बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम उच्च
annapurnapost.com · Fri Aug 28 04:28:28 GMT 2026

काठमाडौं : रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम बढेको छ। बाढीले स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी, बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा जनधनको व्यापक क्षति पुर्याएको छ। बाढीमा परी बिहीबार दिउँसोसम्ममा २ सय ९८ जना शव फेला परेको छ।
मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकोले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। ‘मानिस र मरेका पशुको शवको उचित व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। यत्रतत्र शवहरू भेटिएका छन्। खानेपानीका स्रोतदेखि नदीसम्म दूषित छन्,’ वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘सरकारले उद्धारसँगै सुरक्षित पानी, सरसफाइ, रोग निगरानी र तत्काल उपचारलाई समान प्राथमिकता दिनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)