कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, ४९२ को मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jul 05 07:09:02 GMT 2026

डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ।
कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन्। यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)