ट्रम्पले मिनरीको मुद्दा उठाएपछि चीनले गर्यो रिहा
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
काठमाडौँ । चीनले विगत ९ महिनादेखि हिरासतमा राखेका भूमिगत चर्चका चर्चित संस्थापक पास्टर एज्रा जिन (मिनरी) लाई रिहा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग बेइजिङ भ्रमणका क्रममा उक्त मुद्दा उठाएका थिए। त्यसको केही हप्तामै जिनलाई रिहा गरिएको विषय उनको परिवार र चर्चले आइतबार पुष्टि गरेका हुन्।
पास्टर एज्रा जिन चीनको प्रख्यात भूमिगत 'जायन चर्च'का संस्थापक हुन्। यो चीनमा सरकारी निकायमा दर्ता नभएका स्वतन्त्र चर्चहरूमध्ये एक हो, जहाँ इसाई धर्मावलम्बीहरूले सरकारी नियन्त्रण बाहिर स्वतन्त्र रूपमा प्रार्थना गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)