२के संस्करणमा विश्वकप फुटबल देखाउँदै डिशहोम, खेलको 'म्याजिक मोमेन्ट' शेयर गरे उपहार पाइने
abhiyandaily.com
काठमाडौं । डिशहोम मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ अभियान शुरु गरेको छ ।
‘डिशहोममा फुटबलको जादु महसुस गर्नुहोस्’ भन्ने नारासहित सो अभियान शुरु गरिएको हो ।
डिशहोमले फिफा विश्वकपको लाइभ प्रसारण गर्नेछ । हरेक विश्वकप फुटबल नेपालीहरूले निकै रमाइलो मानेर मनाउँछन् अनि आफूलाई मन परेको टिमलाई डिजिटली भएपनि ‘चियर’ गर्छन् ।
यो अभियानमा सामाजिक सञ्जालमा कयौं प्रतिस्पर्धाहरु छन् । कयौं उपहार अनि गिफ्ट ह्याम्परहरूले डिश होम अभियानका विजेतालाई पर्खिरहेको छ ।
यो अभियानमा सहभागी हुनका लागि फूटबल फ्यानहरुले #MagicalMomentsof (their favorite team, e.g., MagicalMomentsofPortugal) प्रयोग गर्नु पर्नेछ । अनि टिमको जादुई क्षण वा आफूले समर्थन गरेको खेलाडीको भिडियो क्लिप वा फोटो एड गर्नु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)