लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने
lokaantar.com

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)