केप भर्डे : विश्वकप उपाधि होइन, करोडौँ समर्थक बनाएर फर्कियो
nepalviews.com · Sun Jul 05 07:29:51 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा सबै टिमको सपना एउटै हुन्छ—ट्रफी उचाल्ने। तर केही टिम यस्ता पनि हुन्छन्, जसले ट्रफी जित्न नसके पनि विश्व फुटबलको मन जित्छन्। सन् २०२६ को फिफा विश्वकपमा केप भर्डे त्यस्तै एउटा टिम बन्यो।
शुक्रबार राउन्ड अफ ३२ मा साविक विजेता अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ ले पराजित भएसँगै केप भर्डेको यात्रा टुंगियो। स्कोरबोर्डले उनीहरूलाई पराजित देखायो, तर प्रतियोगिताभरको प्रदर्शनले भने एउटा सानो द्वीपीय राष्ट्रलाई विश्व फुटबलको नयाँ परिचय दियो। करिब पाँच लाख ३० हजार जनसंख्या भएको देशले विश्वका शक्तिशाली फुटबल राष्ट्रहरूसँग आँखामा आँखा जुधाएर खेल्न सक्छ भन्ने प्रमाणित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)