हुम्लाको नेप्कामा बाढी : गोठ, विद्यालयसहित खेती योग्य जमिनमा ठूलो क्षति, तत्काल राहत पुर्याउन सरकारलाई ध्यानाकर्षण
annapurnapost.com · Thu May 21 02:23:48 GMT 2026

कालीबहादुर थापा। हुम्ला : हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए।
वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा भेँडा बाख्रामा क्षति पुगेको छ। वडा अध्यक्ष तामाङका अनुसार विद्यालयका ३ वटा भवन भत्काएको छ। स्थानीय धन्सिंह तामाङको बाख्रागोठ बगाउँदा ९३ वटा बाख्रा बगाएको छ। यसैगरी करिब ७० घरधुरीका खेतीयोग्य जमिनमा लगाएको बालीनाली सखाप पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)