बजेटले नसमेटेका विषय मौद्रिक नीतिबाट सम्बोधन गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको माग
ajakoartha.com · Sun Jul 05 07:43:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले बजेटबाट सम्बोधन हुन नसकेका विषयहरू समेट्दै निजी क्षेत्रलाई राहत दिने अपेक्षा व्यक्त गरेका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले सरकारले ल्याएको बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिमार्फत सम्बोधन हुने विश्वास व्यक्त गरे।
‘बजेटबाट सम्बोधन हुन नसकेका विषयहरू मौद्रिक नीतिबाट सम्बोधन हुन्छन् भन्ने अपेक्षा गरेका छौँ। विगतमा पनि मौद्रिक नीतिले निजी क्षेत्रलाई केही राहत दिएको थियो। त्यसैले यसपटकको मौद्रिक नीतिप्रति व्यवसायीहरूको अपेक्षा धेरै छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)