श्रम मन्त्रालयका १०० दिन : ३० करोडभन्दा बढी क्षतिपूर्ति, सेवामा डिजिटल फड्को
onlinekhabar.com · Sun Jul 05 07:56:47 GMT 2026

२१ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले सरकार गठनपछि पहिलो १०० दिनमा वैदेशिक रोजगार क्षेत्रको सुधार, श्रमिक सुरक्षाको प्रत्याभूति, रोजगार प्रवर्द्धन र सेवा प्रवाहको डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यप्रगतिअनुसार वैदेशिक रोजगार ठगीका पीडितलाई ३० करोडभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको उल्लेख गरिएको छ । २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म ९ महिनामा संस्थागत उजुरी तथा व्यक्तिगत मुद्दा सम्बन्धी कारबाही हुँदा ८८२ मुद्दामा १२ करोड ६७ लाख ३९ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)