बाबर आजम फेरि पाकिस्तानको टेस्ट कप्तान नियुक्त, शान मसुद बर्खास्त
nepalpress.com · Sun Jul 05 07:52:30 GMT 2026
काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शान मसुदलाई टेस्ट कप्तानबाट हटाउँदै पुन: बाबर आजमलाई नेतृत्व सुम्पिएको छ । वेस्ट इन्डिज विरुद्ध यसै महिना सुरु हुने दुई खेलको टेस्ट शृङ्खलाबाट बाबरले दोस्रोपटक टोलीको कप्तानी सम्हाल्नेछन् ।
मसुदको कप्तानीमा पाकिस्तानले ऐतिहासिक रूपमै खराब प्रदर्शन गरेपछि बोर्डले यो निर्णय लिएको हो । करिब तीन वर्षअघि कप्तान नियुक्त भएका मसुदले १६ टेस्टमा पाकिस्तानको नेतृत्व गरेका थिए, जसमा टोलीले १२ खेलमा हार बेहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)