जुम्लामा चट्याङ लागेर १५ भेडा मरे
baahrakhari.com · Sat Aug 31 16:45:29 UTC 2024

जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।
तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)