कर्णालीका दुई सयभन्दा बढी सम्पर्कविहीन
gorkhapatraonline.com · Fri Aug 28 04:31:47 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा कर्णाली रसुवाको भोटेकोशी बाढीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदुरीका लागि गएका दुई सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदुरका रूपमा रसुवा गएका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबारको भोटेकोशी बाढीमा परेका उनीहरू बिहीबारसम्म परिवारको सम्पर्कमा आएका छैनन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरले बाढीमा परी जुम्लामा ७० जना, सल्यानमा १०४, हुम्लाका नौ, मुगु १५, सुर्खेत १६, दैलेख सात, कालीकोटका नौ, रुकुमपश्चिम १२, जाजरकोट तीन र डोल्पाका दुई जना सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)