सहकारीका १ हजार ७५४ साना बचतकर्ताको साढे २ करोड बढी रकम फिर्ता, ऋणीबाट ४ करोड बढी असुली
arthasansar.com

सरकारले सहकारीका साना बचतकर्ताको साढे २ करोड भन्दा बढी रकम फिर्ता गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले १०० दिनका प्रमुख कार्य सार्वजनिक गर्दै १ हजार ७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रुपैयाँ रकम फिर्ता गरिएको बताएकी हुन् ।
‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरी नक्सा प्रिन्टदेखि फिल्डबुक उतारसम्मका काम मोबाइलबाट गर्न सकिने मन्त्री रावको भनाइ छ । मन्त्रालयका अनुसार उक्त एपमार्फत हालसम्म ४ हजार ७७९ संस्थागत प्रयोगकर्ता तयार भई सेवा प्रवाह भइरहेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ । वितेका १०० दिनमा सहकारीका १ हजार ७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रकम फिर्ता गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सो अवधिमा १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० रकम ऋण असुली भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)