नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
काठमाडौँ। कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजा अर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रवार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजा अर्चना गरेका हुन्। यसका साथसाथै, केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माण हुने भौतिक संरचनाहरू पनि द्रुत गतिमा निर्माण भइरहेको कम्पनीले जनाएको छ।
आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन सो केबलकार परियोजनालाई आगामी दुई महिनाभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)