कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
rajdhanidaily.com · Sun Jul 05 08:34:10 GMT 2026

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले काल गण्डकी कोरिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए ।
जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफलमा उनले काल गण्डकी कोरिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)