चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
nepallive.com · Sun Jul 05 08:28:06 GMT 2026

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उपमन्त्री यान नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुनेछन्। मंगलबार बस्ने द्विपक्षीय बैठकमा नेपालको तर्फबाट अर्थ सचिव र चीनको तर्फबाट उपमन्त्री यानले नेतृत्व गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)