खामेनीको अन्त्येष्टिमा देखिए तीन छोरा, सर्वोच्च नेता मोज्तबा देखिएनन्
nepalviews.com · Sun Jul 05 08:36:20 GMT 2026

एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा उनका छोराहरू पनि सहभागी भएका छन्। दिवंगत खामेनीका तीन छोरा मसूद, मेसम र मुस्तफाले तेहरानमा आयोजित प्रार्थना सभामा सहभागिता जनाएका हुन्। अमेरिका र इजरायलको आक्रमणमा सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि खामेनी परिवारका कुनै सदस्य पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्।
यद्यपि, अली खामेनीका दोस्रो छोरा तथा हालका सर्वोच्च नेता मोज्तबा खामेनी भने प्रार्थना सभामा उपस्थित भएनन्। इजरायली आक्रमणको जोखिमलाई ध्यानमा राख्दै वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनीले अन्त्येष्टि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका बताइएको छ। यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमाण्डर अहमद वाहिदी तथा एलिट कुद्स फोर्सका कमाण्डर इस्माइल कानी प्रार्थना सभामा सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)