गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक : हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा
arthadabali.com · Sun Jul 05 08:49:41 GMT 2026

काठमाडौं / चितवनको भरतपुर महानगरपालिका -२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो ।
हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)