गल्छी-बैरेनी सडकमा यातायात चल्न थाल्यो, पोखरीदेखि गलौदीसम्म लेदो हटाउँदै
kalakarmi.com · Fri Aug 28 04:37:58 GMT 2026

काठमाडौं- भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी-बैरेनी सडकखण्डमा यातायात सञ्चालनमा आएको छ । बिहीवार साँझदेखि जरिखेत क्षेत्रमा सडक सफा गरी एकतर्फी रूपमा सवारीसाधन चल्न दिइएको हो ।
भदौ १० गते आएको बाढीले जरिखेत क्षेत्रमा पुल बगाउनुका साथै सडकसमेत माटो, गेग्रान र लेदोले पुरिएको थियो । बाढीले सडक अवरुद्ध बनाएपछि यातायात ठप्प भएको उक्त क्षेत्रमा सडक विभागले आवश्यक उपकरण परिचालन गरी अवरोध हटाएको हो । जरिखेतमा सडक खुलाएर सवारीसाधन सञ्चालनमा ल्याइएपछि अहिले मलेखुतर्फको सडकमा थुप्रिएको लेदो हटाउने कामलाई तीव्रता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)