मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य पाण्डेको निधन
annapurnapost.com · Fri Aug 28 04:32:24 GMT 2026

सिमरा : जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। बाराको कलैया उपमहानगरपालिका-१४ स्थित लक्ष्मीनियामा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय पाण्डेको निधन भएको हो।
कलैयाबाट बघवनतर्फ जाने क्रममा उनले चलाएको म.प्र.०३-०२८ प ७१९६ नम्बरको मोटरसाइकल राति करिब १० बजे अनियन्त्रित भई आफैं दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)