दोलखामा आगलागी हुँदा घर नष्ट
himalpress.com · Sun Jul 05 08:56:12 GMT 2026

काठमाडौँ – दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको हो ।
आगलागीबाट घरमा रहेका सुनचाँदी (गहना), नगद पैसा, अन्नपात र लत्ताकपडा सहित सम्पूर्ण सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागीबाट घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)