मध्यरातको बाढीपहिरोले पुरियो विद्यालय भवन
gorkhapatraonline.com · Thu May 21 03:42:37 GMT 2026

हुम्लाको चङ्खेली गाउँपालिका–५, नेप्कागाउँमा खसेको बाढीपहिरोले डाँफेस्थित आधारभूत विद्यालयको भवनसँगै स्थानीयवासीहरूको गोठसमेत बगाएर जनधनको ठुलो क्षति पु¥याएको छ ।
मङ्गलबार राति एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा पनि क्षति पु¥याएको चङ्खेली गाउँपालिका–५ का स्थानीय जसबहादुर तामाङले जानकारी दिनुभयो । सो विद्यालयमा नयाँ बन्दै गरेको भवनका लागि राखिएको सिमेन्ट पनि पहिरोले केही भिजेको र केही बगाएको छ । विद्यालय र सोही गाउँपालिका–५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । उक्त गोठमा रहेका दुई परिवारका एक सयभन्दा बढी भेडाबाख्रा पहिरोले पुरिएको स्थानीय तामाङले बताउनुभयो । प्राकृतिक विपत्तिको यति ठुलो घटना भएकोले स्थानीयले सामान्यबाहेक अन्य कुनै उद्धार अघि बढाउन नसकेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)