घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध उपाधि भिडन्त गर्दै इंग्ल्याण्ड
neplays.com · Sun Jul 05 09:19:00 GMT 2026
लण्डन । सन् २०२४ को अक्टोबरमा जब इंग्ल्याण्डको महिला क्रिकेट टोली दुबईबाट लज्जास्पद बहिर्गमन बेहोरेर फर्किएको थियो, तब कसैले सोचेका थिएनन् कि २१ महिनापछि यो टोली घरेलु मैदान लर्ड्समा टी–२० विश्वकपको फाइनल खेल्नका लागि तयारी गरिरहेको हुनेछ ।
वेस्टइन्डिजविरुद्धको खेलमा क्याचहरू छाड्दै समूह चरणबाटै बाहिरिएको त्यो ‘असहज र नर्भस’ टोलीले अहिले आफूलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ । जारी विश्वकपमा अपराजित रहँदै फाइनल पुगेको इंग्ल्याण्ड उपाधि उचाल्न मात्र एक कदम टाढा छ । उसको सामना बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)