चितवनमा मह उत्पादनमा कमी
nepalsamaya.com · Thu May 21 04:16:00 GMT 2026

चितवन- जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो। मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो।
उनले भने, ‘बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ।’ तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उनले बताए। यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन्। अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)