रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
barnanmedia.com · Sat Jun 13 23:42:44 GMT 2026

रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन फरक–फरक स्थानमा आँखा परीक्षण गरेको हो ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको हो । सेवा फाउन्डेसनको सहयोगमा निजी तथा सामुदायिक विद्यालयबाट छनोट गरिएका बालबालिकालाई लक्षित गरी विशेष आँखा परीक्षण कार्यक्रम समकेत सञ्चालन गरिएको थियो । गौर आँखा अस्पतालका नेत्रअधिकृत शिवकुमार यादव, दृष्टि विशेषज्ञ पुनम यादवसहित करिब १५ सदस्यीय प्राविधिक टोलीले आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)