आयोगको गरिमा बचाउन थपलियाको आग्रह, 'तपाईंले लज्जित हुने काम गरे हामी सबै लज्जित हुनुपर्छ'
abhiyandaily.com
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरू निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
उनले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्न आग्रह गरे ।
उनले निर्वाचनको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भनसुन्, धम्की, आदि आउनसक्ने अवस्थालाई मध्यनजर गरी त्यसबाट टाढा रहन र कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक निर्वाचन गराउने कर्तव्यबाट विचलित नहुन पनि निर्देशन दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्न पनि आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)