प्रतिनिधिसभाको वैठक बस्दै, के–के छन् कार्यसूची ?
annapurnapost.com · Thu May 21 04:25:22 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने पस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)