सञ्चारमन्त्रीकाे प्रश्न– विज्ञापनको ६५ प्रतिशतभन्दा बढी रकम बिचौलियाको हातमा पर्दा महासंघ किन माैन ?
shilapatra.com · Sun Jul 05 09:47:00 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आफू श्रमजीवीको पक्षमा नै रहेको बताएका छन् । पत्रकार महासंघको कार्यक्रममा बोल्दै उनले श्रमजीवीको पक्षमा सरकारले दिने रकममध्ये ६५ प्रतिशतभन्दा बढी रकम बिचौलियाको हातमा पर्दा किन नबोलेको भन्दै प्रश्न गरे ।
महासंघका पूर्वपदाधिकारी र वर्तमान पदाधिकारीको अगाडि उनले खरो टिप्पणी गरेका हुन् । ‘न्युज रिपोर्टहरूमा विज्ञापनको रकम दुरुपयोग भयो भन्ने ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गर्यो कि गरेन ? ती बिचौलिया श्रमजीवी पत्रकार हुन् ?’ मन्त्री तिमिल्सिनाले भने, ‘मिडिया सेक्टरलाई बलियो बनाउन के गर्नुपर्छ बहस गरौँ । तर, यो क्षेत्रको अस्तित्वका लागि आजको दिनमा सरकारले सहयोग गरेर जोगाउने होइन भन्ने मेरो व्यक्तिगत धारणा हो । यस्तो मिडिया इकोसिस्टमको विकास गर्नुस् कि सरकार जहिल्यै पनि मिडिया सेक्टरबाट डराउनु परोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)