अर्घाखाँची दुर्घटनामा दुईको मृत्यु, २५ जना घाइते
onlinekhabar.com · Tue May 12 09:56:23 GMT 2026

२९ वैशाख, बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
जिल्लाको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)