भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
ratopati.com · Sun Jul 05 10:06:58 GMT 2026

बैतडी । बैतडीमा निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।
दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)