सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकनमा जोड
nepalnews.com · Sun Jul 05 10:12:30 GMT 2026

ललितपुर। पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन्।
नेपाल पत्रकार महासंघले बागमती प्रदेश रजिस्ट्रार कार्यालयको सहकार्यमा आज (आइतबार) आयोजना गरेको छलफलमा महासंघ अध्यक्ष निर्मला शर्माले विद्यमान कानुनमा गरिनुपर्ने संशोधनलगायत आफूहरूले उठाएका सवालमा सरकारले सम्बोधन गर्नुपर्ने बताइन्। उनले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रतामा कतैबाट हनन् हुन नहुने र पत्रकारहरू जिम्मेवार पनि हुनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)