कम्युनिस्ट आन्दोलन : विचारको सङ्कट कि नेतृत्वको विचलन ?
nepalpress.com · Thu May 21 04:58:09 GMT 2026

पूर्वी युरोपको रोमानिया मा सन् १९८९ मा घटेको राजनीतिक घट्ना र नेपालको समकालीन राजनीतिक उतार चढावबीच तुलना गर्दा कम्युनिस्ट आन्दोलनका केही गम्भीर पाठहरू उजागर हुन्छन् । निकोलाए चाउसेस्कुको पतन र केपी शर्मा ओलीजस्ता समकालीन नेतृत्वमाथि उठेका प्रश्नहरू फरक भूगोल र समयका भए पनि तिनले देखाउने चेतावनीको स्वर एउटै छ । जनताबाट टाढिएको र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको नेतृत्व अन्ततः सङ्कटमा पर्छ ।
चाउसेस्कु सुरुमा राष्ट्रवादी र स्वतन्त्र सोच भएका कम्युनिस्ट नेताका रूपमा उदाए। चौतर्फी वाहवाही कमाए । उनले सोभियत प्रभावबाट केही दूरी कायम गर्दै रोमानियाको स्वायत्तता जोगाउने प्रयास गरे, जसले उनलाई जनसमर्थन दिलायो । तर क्रमशः उनको शासन व्यक्तिपूजामा आधारित हुँदै गयो । पार्टीभित्रको आलोचना निषेध भयो, फरक मत राख्नेहरूलाई दमन गरियो र राज्य सञ्चालन पूर्णरूपमा एक व्यक्तिको इच्छामा केन्द्रित हुन थाल्यो । आर्थिक रूपमा पनि उनका नीतिहरू असफल हुँदै गए, जसले रोमानियन जनजीवन कष्टकर बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)