बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
ratopati.com · Sun Jul 05 10:27:24 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेकी छिन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर सुरुवात गरेकी हुन्।