लामो समयदेखि कार्यालयमा हाजिर नभएका नार्कका २ कमर्चारी सेवाबाट हटाइए
annapurnapost.com · Sun Jul 05 10:24:52 GMT 2026

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा उपस्थित नभएका कर्मचारी हटाउन सुरु गरेकी छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी हुन्। सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)