भारतको उत्तर प्रदेशसम्ममा भेटिए नेपालबाट बगेका सात शव
lokaantar.com

नेपालमा आएको विनाशकारी बाढीको प्रभाव अब भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ। नेपालमा बाढीका कारण ज्यान गुमाएका वा बगेका मानिसहरूका शवहरू भारतको उत्तर प्रदेशस्थित महराजगंज र कुशीनगर जिल्लामा भेटिएका हुन् ।
भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशको महराजगंजमा गण्डक (नारायणी) नदीबाट चार वटा र कुशीनगरबाट तीन वटा गरी कुल सात वटा शव बरामद गरिएको हो । बरामद भएका शवहरूमा पाँच जना महिला र दुई जना पुरुष रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)