हेटौँडामा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने
ratopati.com · Thu May 21 05:25:57 GMT 2026
मकवानपुर । हेटौँडामा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । जिल्ला बक्सिङ संघ मकवानपुरको आयोजनामा जेठ १३ गतेदेखि १६ गतेसम्म हेटौँडा–४ स्थित पारिजातपथमा रहेको कभर्ड हलमा यूथ–१९ र यूथ–२२ उमेर समूहको अल नेपाल ओपन बक्सिङ प्रतियोगिता हुने भएको हो ।
प्रदेश खेलकुद विकास परिषद्को २४ लाख ५० हजार रुपैयाँ सहयोगमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न २८ वटा क्लबका करिब २०० खेलाडी सहभागी हुने अनुमान गरिएको छ । संघ मकवानपुर अध्यक्ष सुशील घिमिरेका अनुसार प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगितामा यूथ–१९ तर्फ ७ वटा र यूथ–२२ तर्फ ७ वटा गरी १४ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ दुई उमेर समूहमा एक/एक तौल समूह निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)