डोल्पामा बोलेरो जिप दुर्घटना :एकको मृत्यु,१३ जना घाइते
annapurnapost.com · Sun Jul 05 10:35:05 GMT 2026

काठमाडौं : डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८,डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)